२८ जेठ २०८३, बिहीबार

भोलि लक्ष्मीपूजा : यसरी गरौं पूजा, यो हो मन्त्र

कात्तिक २०, २०७५
काठमाडौं
भोलि लक्ष्मीपूजा : यसरी गरौं पूजा, यो हो मन्त्र

काठमाडौं - भोलि बुधवार कार्तिक कृष्णपक्ष औंसीमा लक्ष्मीपूजा परेको छ । त्यो दिनमा एकाबिहानै उठेर स्नान गरी निम्नबमोजिम संकल्प गर्नुपर्छ ।

मम सर्वापच्छान्तिपूर्वकदीर्घायुष्य बलपुष्टिनैरुज्यादि सकलशुभफलप्राप्त्यर्थं गजतुरगथराज्यैश्वर्यादिसकलसम्पदामुत्तरोत्तराभिवृद्ध्यर्थम् इन्द्रकुबेरसहितश्रीलक्ष्मीपूजनं करिष्ये ।

यो संकल्प गरेर दिनभरि व्रत राख्नुस् र साँझपख दियोहरू सजाउँदै दीपमालिका बनाउनुस् । त्यसपछि पूजाकोठामा वेदी बनाएर सबै पूजाका सामानहरू तयार पारेर पूजा गर्नुस् ।

पूजा सामानमा धूपबत्ती, चन्दन, कपूर, केसर, कुंकुम, अक्षता, अबिर, सिन्दूर, सौभाग्य द्रव्य, रातो चुरा, गाजल, पाउजु, आभूषणहरू, पानको पात, सप्तधान्य, कुश, दूबो, गंगाजल, मह, दही, दूध, उखु, नैवेद्य, मिठाई, तुलसी, चाँदी र सुनको सिक्का, ठूलो दियो र तेल लगायतका कुरा पर्दछन् ।

त्यसपछि यो श्लोकले लक्ष्मीजीको पूजा गर्नुस् :

धनमग्निर्धनं वायुर्धनं सूर्यो धनं वसुः।
धनमिन्द्रो बृहस्पतिर्वरुणं धनमस्तु ते।।

अश्वदायै गोदायै धनदायै महाधने।
धनं मे जुषतां देवि सर्वकामांश्च देहि मे।।

मनसः काममाकूतिं वाचः सत्यमशीमहि।
पशूनां रूपमन्नस्य मयि श्रीः श्रयतां यशः ।।

salt training

कमेन्ट गर्नुहोस्