
काठमाडौं – नेपाल प्रहरीले कुकुर तिहारको अवसर पारेर वर्षभरि आफूलाई सघाउने कुकुरहरूको पूजा गरेको छ ।
नेपाल प्रहरीमा कुकुरको प्रयोग भएको ५०औं वर्षगाँठको समेत अवसर पारेर मंगलवार रानीबारीस्थित कुकुर प्रशिक्षण केन्द्रमा कुकुरको पूजा गरिएको हो ।
प्रहरीले कुकुरलाई अपराध अनुसन्धान, विमानस्थल र विशिष्ट व्यक्तिहरूको भ्रमण सुरक्षा लगायतका क्षेत्रहरूमा प्रयोग गर्दै आएको छ ।
२०२६ सालदेखि नेपाल प्रहरीले कुकुरको प्रयोग गर्न थालेको हो ।
हेर्नुहोस्, फोटोफिचर :








































