
सोलुखुम्बु– जिल्लाको थुलुङदूधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
थुलुङदूधकोशी गाउँपालिका–३ का वडाध्यक्ष भूपालध्वज राईका अनुसार मृत्यु हुनेमा स्थानीयवासी रामकाजी राईको १९ वर्षीया छोरी सरिना रहेकी छिन् । सोलुहाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा९च ९६४७ नंको बोलेरो दुर्घटना भएको वडाध्यक्ष राईले जानकारी दिए ।
आज साँझ करीब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा उक्त बोलेरो खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रजिअ टुक्ति शेर्पाले बताए ।