
काठमाडौं - यस वर्षको तिहारमा भाइमसालका सामाग्रीमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।
ठूला व्यापारीहरूले विना कारणनै २० प्रतिशतभन्दा बढी मूल्य बढाएकाे खुद्रा व्यापारीहरूले बताएका छन्।
तिहारमा ल्वाङ, सुकमेल, छोकडा, किसमिस, काजु दालचिनी सुपारीलगायतमा गत वर्षभन्दा अत्याधिक मूल्य वृद्धि भएको छ।
किसमिसमा प्रतिकिलो २५०, सुकमेलमा ७००, पेस्तामा ५००, खुरपानीमा ३०० रुपैयाँ मूल्य वृद्धि भएको अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ ।