
काठमाडौं– दशैंका बेला सर्वसाधारण र सुभेच्छुकलाई टीका लगाउँदा छातीमा संक्रमण भएपछि बिरामी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएको ५ दिन भइसकेको छ । चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै आराम गरिरहनुभएको छ ।
संक्रमणको डरले प्राय सार्वजनिक कार्यक्रममा देखिनु नभएका प्रधानमन्त्री ओली बुधवार भने बालुवाटारमै आयोजित एक कार्यक्रममा सहभागि हुनुभयो ।
महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको देवकोटा जयन्ती विशेष समारोहमा प्रधानमन्त्री ओली सहभागि हुनुभयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले बालुवाटारमै आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओली हँसिलो मुद्रामा देखिनुभयो ।
कार्यक्रममा सहभागीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जिज्ञासा राखे । जवाफमा ओलीले आफ्नो स्वास्थ्य सुधारोन्मुख भएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य नराखेपनि प्रधानमन्त्री ओलीले सबैलार्य अभिवादन गरे ।
निजी चिकित्सकको असोज १२ गते त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओली ५ दिनसम्म अस्पतालमै रहनुभएको थियो ।
तस्बिरमा हेर्नुहोस् निको भएपछि प्रधानमन्त्री ओलीको ‘लुक्स’,










