१९ असार २०८३, शुक्रबार

आठ वर्षपछि दुई सय बढी क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, मुख्य क्याम्पसमा अन्योल कायमै

कात्तिक २०, २०७४
आठ वर्षपछि दुई सय बढी क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, मुख्य क्याम्पसमा अन्योल कायमै
काठमाडौँ, १८ फागुन - त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ ।

जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिनुभयो । मतदान साँझ ४ बजेसम्म हुने छ ।

त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि आज निर्वाचन भइरहेको छ । नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा ताल्चा लगाएकाले निर्वाचन हुन बाँकी छ ।
काठमाडौँ उपत्यका तथा बाहिरका क्याम्पसमा विद्यार्थी सङ्गठनसँग समन्वय गरी निर्वाचन गरिने संयोजक थापाले जानकारी दिनुभयो । करिब आठ वर्षपछि स्ववियु निर्वाचन आज भइरहेको छ ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको बताउँदै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गर्नुभयो ।
भद्रपुर–मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज बिहान ८ बजेदेखि स्ववियु निर्वाचन शान्तिपूर्वक भइरहेको छ ।

निर्वाचनमा एक हजार दुई सय ८५ मतदाता छन् । निर्वाचनमा पाँच विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । सोअनुसार प्रत्यक्षतर्फ सबै पदका ४४ जना उम्मेदवार रहेको तथा समानुपातिकतर्फ मतदानका आधारमा पदाधिकारी चयन हुने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य हेमराज प्रसार्इंले जानकारी दिनुभयो ।

निर्वाचनमा अखिल(क्रान्तिकारी) नेविसङ्घ, राष्ट्रिय प्रजातान्त्रिक नेपाल विद्यार्थी सङ्गठन, अनेरास्ववियु र नयाँ शक्ति नेपाल विद्यार्थी सङ्गठनबाट उम्मेदवारी दिइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्