३० जेठ २०८३, शनिबार

जापानी बालबालिकामा आत्महत्या गर्ने दर ३० वर्षयताकै उच्च

कात्तिक २२, २०७५
जापानी बालबालिकामा आत्महत्या गर्ने दर ३० वर्षयताकै उच्च

काठमाडौं–जापानमा बालबालिकाहरुको आत्महत्या दर तीस वर्ष यताकै उच्च रहेको त्यहाँको शिक्षा मन्त्रालयले रिपोर्ट सार्वजनिक गरेको छ ।   

यो रिपोर्ट केही अघिको हो । आर्थिक वर्ष २०१६÷१७ को मार्चसम्म आधारभूत कक्षादेखि हाई स्कुल पढ्ने उमेर सम्मका २५० वालबालिकाहरुले आफ्नो जीवन आफैले लिए । 
उक्त संख्या अघिल्लो वर्षको भन्दा ५ जना धेरै र सन् १९८६ यताको सबैभन्दा उच्च हो । 

बालबालिकाले भोगेका प्रमुख अप्ठ्यारोहरुमा पारिवारिक समस्या, भविष्यको चिन्ता र आफ्ना साथी संगीबाट हुने हेपाहा व्यवहारहरु रहेका छन् । 

तर, स्कुलहरुले बताए अनुसार दर्ता भएका मृत्युमध्ये १ सय ४० बालबालिकाको आत्महत्याको कारण अज्ञात रहेको छ । त्यी घटनामा विद्यार्थीहरुले सुसाइट नोटनै छाडेका थिएनन् । 

आफ्नो ज्यान लिने अधिकांश हाई स्कूलमा अध्ययन गर्ने उमेर समूहका थिए । जापानमा १८ वर्षसम्म उमेरका बालबालिकाहरुले हाई स्कुल पढ्छन् । 

सन् २०१५ मा पनि जापानको मन्त्रिपरिषद कार्यालयले सन् १९७२–२०१३ बीचमा बालबालिकाको आत्महत्याको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसमा सेप्टेम्बर १ मा स्कुलको दोस्रो सत्र भएपछि आत्महत्याको दर बढेको देखाँउछ ।  

सन् २०१५ मा जापानमा विश्वको सबैभन्दा ठूलो आत्महत्या दर रहेको थियो । विश्व स्थास्थ संगठनका अनुसार निरोधात्मक उपायहरु लागु गरिएपछि त्यो संख्या घटेको छ । 

प्रहरीले बताएअनुसार जापानको समग्र आत्महत्या सन् २०१७ मा २१,००० मा झर्‍यो । यो दर सन् २००३ मा ३४ हजार थियो । 

समग्र आत्महत्या दर घटेको भए पनि बालबालिकाको आत्महत्या दर भने तुलनात्मक रुपमा उच्चनै रहिरहेको छ । उच्च आत्महत्या दरले गर्दा आत्महत्या जापानमा बालबालिकाहरुको मृत्युको प्रमुख कारण बनेको छ । 

“विद्यार्थीको आत्महत्याको संख्या उच्च रहेको छ । यो डरलाग्दो अवस्थालाई छिटो भन्दा छिटो सम्बोधन गरिनुपर्छ ,” शिक्षा मन्त्रालयका अधिकारी नोरियाकी किताजाकीले अन्तिम तथ्यांक सार्वजनिक गर्ने क्रममा भने । 

–बीबीसी

salt training

कमेन्ट गर्नुहोस्