०७ साउन २०८३, बिहीबार

क्वीस भलिबल प्रतियोगिता मंसिर २१ देखि

कात्तिक २३, २०७५
क्वीस भलिबल प्रतियोगिता मंसिर २१ देखि
सन्दर्भ तस्वीर

काठमाडौं– दोस्रो संस्करणको ‘काठमाडौं रेस्टुरेन्ट क्वीस भलिबल प्रतियोगिता’मा मंसिर तेस्रो साता युएईमा हुने भएको छ । प्रतियोगितामा १८ टिम सहभागी हुनेछन् । जसमा २ टिम आयोजकको रहने बताइएको छ ।

प्रतियोगितामा गत वर्ष पनि १८ टिमले प्रतिस्पर्धा गरेका थिए । कास्की आर्दश सेवा समाजले आयोजना गर्ने प्रतियोगिता मंसिर २१ गते हुन लागेको हो । प्रतियोगिताको विजेताले ३ हजार रियल र उपविजेताले २ हजार रियलका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

कामको सिलसिलामा यूएईमा छरिएर रहेका नेपालीहरुलाई खेलतर्फ आकर्षित गर्न र भलिबलबाट मनोरञ्जन प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको कास्की आर्दश सेवा समाजले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्