०७ असार २०८३, आइतबार

विवाह गर्न इटली गए दीपिका–रणवीर, विमानस्थलमा देखिए उस्तै लुगामा

कात्तिक २४, २०७५
विवाह गर्न इटली गए दीपिका–रणवीर, विमानस्थलमा देखिए उस्तै लुगामा

भारतीय फिल्म उद्योगका चर्चित जोडी रणवीर–दीपिकाको विवाह यसै महिनाको २८÷२९ मा हुँदैछ । 

भारतमा वा इटलीमा कहाँ विवाह कार्यक्रम हुनेछ भन्ने भ्रम चिर्दै यो जोडि शुक्रवार राति इटालीतर्फ प्रस्थान गरेको छ । 

उनीहरु इटली गएसँगै अब विवाह इटलीमै हुने निशिचत भएको छ । 

शुक्रवार राति यो जोडि इटली जाने क्रमको तस्वीर भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् । 

दुबै जना सेतो रंगको पोशाकमा मुम्बइ विमानस्थलमा देखिएका थिए । रणवीर जहाँ स्वयं गाडी चलाएर पुगेका थिए । 

दुबैको अनुहारमा खुसी झल्किएको थियो । क्यामरातर्फ हेर्दा दीपिका हासिरहेकी थिइन् । विमानस्थलमा दुबैजना हात समाएर हिडिरहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्