
बलिउडका सबैभन्दा चर्चित जोडी मध्ये एक दीपिका पादुकोण र रणवीर सिंह १४–१५ नोभेम्बर (कात्तिक २८–२९) मा विवाह बन्धनमा बाँधिन लागेका छन् ।
तिहार पछि हुन लागेको विवाह इटलीको लेक कोमोमा आयोजना हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँको आलीशान विला डेल बालडियानोमा विवाह हुने सम्भावना रहेको जनाइएको छ ।
विवाहमा ३० जना पाहुना सरिक हुने र उनीहरुको विशेष आतिथ्यता गरिने तयारी रहेको छ ।
समुन्द्र र इन्द्रेणीको निकै आकर्षक दृश्य देख्न पाइने यो होटलमा कयौं अन्तर्राष्ट्रिय व्यक्तित्वको विवाह भइसकेको छ ।
यो होटलको भाडा १३ लाख रुपैयाँ देखि लिएर ४० लाख रुपैयाँ प्रतिदिनको रहेको छ । उनीहरुको विवाहपछि १ नोभेम्बरमा भारतमा रिसेप्सन पार्टी राखिएको छ ।
करिब ६ वर्षसम्म एक अर्कासँग डेट गरेपछि रणवीर सिंह र दीपिका पादुकोण विवाह बन्धनमा बाँधिन लागेका हुन् । लभ अफेयरको चर्चाकाबीच आधिकारिक रुपमा आफ्नो विवाहको मिति उनीहरुले सार्वजनिक गरेका हुन् ।