२१ असार २०८३, आइतबार

देउसी खेल्न गएका बेला हराएका पाँच किशोरी सुर्खेतबाट उद्धार

कात्तिक २४, २०७५
देउसी खेल्न गएका बेला हराएका पाँच किशोरी सुर्खेतबाट उद्धार

बेत्रावती- नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । 

गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरुलाई शुक्रबार उद्धार गरेको हो । किशोरीहरुको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारवाहीका लागि त्यहाँको प्रहरीले नुवाकोटतर्फ पठाएको हो । 

शुक्रबार राति यहाँबाट गएका पीडित किशोरीका अभिभावक र प्रहरीले आज त्यहाँबाट बन्धक बनाउने विश्वकर्मा र किशोरीलाई नुवाकोटतर्फ ल्याइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्