
काठमाडौं– ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले आइतबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको घरेलु टोली म्यानमारसँगको भिडन्त याङगोनस्थित थुनुवा स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ५ः१५ मा शुरु हुनेछ ।
छनोटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसँग खेल्न लागेको हो । म्यानमारविरुद्ध नेपाल अंक खोस्ने योजनासहित मैदान उत्रनेछ ।
म्यानमारसँग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । म्यानमारपछि नेपालले अन्तिम खेलमा कार्तिक २७ गते बंगलादेशसँग खेल्नेछ । समूह ‘सी’मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ ।