२२ असार २०८३, सोमबार

भन्सालीले भनेः सलमान–ऐश्वर्या जस्तै रणवीर र दीपिकाको जोडी

कात्तिक २५, २०७५
भन्सालीले भनेः सलमान–ऐश्वर्या जस्तै रणवीर र दीपिकाको जोडी

रणवीर सिंह तथा दीपिका पादुकोण यस हप्ता विवाह बन्धनमा बाँधिन लागेका छन् । उनीहरु पछिल्लो छ सात वर्षदेखि प्रेममा थिए । यस समबन्धमा सबैभन्दा ठूलो भूमिका कसैको छ भने त्यो हो सञ्जल लीला भन्सालीको । दुबैले भन्सालीको तीन फिल्ममा सँगै काम गरेका छन् । 

एक अन्तर्वार्तामा भन्सालीले भनेका थिए,‘मलाई रणवीर प्रति निकै लगाव छ । उ निकै राम्रो अभिनेता हो, काममा निकै महेनत र माया गर्ने उसको बानी छ । मेरो जीवनमा उसले खेलेको राम लीला र बाजीरावको भूमिका निकै महत्वपूर्ण छ । रणवीरसँ मैले त्यही केमेष्ट्री देख्छु जो एक जमानमा सलमान या ऐश्वर्याको साथ मेरो हुने गरेको थियो । ’

दीपिका पादुकोण र रणवीर सिंह शुक्रवार राति इटली तर्फ गएका छन् । उनीहरुले त्यही विवाह गर्ने बताइएको छ । 

उनीहरु शुक्रवार इटली जानेक्रममा विमास्थलमा सञ्चारकर्मी र फ्यानहरुबाट घेरिएका थिए । रणवीर आफैले चलाएर गएको गाडीबाट उत्रिएका थिए । रणविर र दीपिका दुबै जनाले एकै खालको कपडा लगाएका थिए । सेतो कपडामा उनीहरुको जोडि निकै आकर्षक देखिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्