
काठमाडौं १८ फागुन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामै नलिइ जनताको अधिकारको नाममा मुलुकमा साम्प्रदायिक विद्वेषको बिजारोपण गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले मंगलवार जनतामा गरेको सम्बोधन जगबको भन्दै टिप्पणी गरे ।
एमालेले शनिवारदेखि शुरु गर्न लागेको मेची–महाकाली अभियानवारे जानकारी गराउन बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा जनताकाबीचमा राष्ट्रिय एकता धुजाधुजा हुनेगरी कस्ले साम्प्रदायिक विद्वेष मच्चायो भन्दै प्रश्न गरेका हुन् ।
‘हिजोपनि साझतिर एउटा सम्बोधन हे¥र्यो । यस देशमा साम्प्रदायिकताको सबभन्दा चर्को आवाज कस्ले उठायो ? जनताकाबीचमा राष्ट्रिय एकता धुजाधुजा हुनेगरी कस्ले साम्प्रदायिक विद्वेष मच्चायो’ ओलीले भने, ‘गजवको सम्बोधन लायो मलाइ । कस्ले वितण्डा मच्चायो, गजब छ देशमा । जनताको अधिकारको नाममा ?’
सम्बोधनका क्रममा प्रधामनन्त्री प्रचण्डले एकथरी तत्व मधेशको आवेगलाई भड्काएर मुलुक विखण्डन गर्ने दुष्स्वप्न देखिरहेको बताएका थिए । ‘म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । हिमाल होस, पहाड होस, वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन ।’ प्रचण्डले भनेका थिए । अध्यक्ष ओलीले प्रचण्डको सम्बोधनको बिषयमा अन्य टिप्पणी भने गरेनन् ।
अध्यक्ष ओलीले संविधानमा अधिकार र अबसरको सम्बन्धमा विभेद नभएपनि सुशासनको सम्बन्धमा भविष्यमा परिमार्जन गनुर््पर्ने अबस्था रहेको उनले बताए ।
‘अस्ति एउटा निष्कपटक मान्छेको अभिव्यक्ती सुनें, हामीले अधिकार पाएका छैनौ, संशोधन भयो भने अधिकार पाउछौ, संशोधन भएन भने अधिकार विहिन रहन्छौ भनेर बहुत साझो हिसावले बोल्न सिकाइएको कुरा बोले’ ओलीले भने ‘कस्तो भ्रम पारिएको छ ।
जनताको अधिकारसँग यो संशोधनको कतै कुनै साइनो सम्बन्ध छैन ।’ ओलीले अधिकारको पक्षमा संविधानमा कतै विभेद नभएको दावीगर्दै जनतामा हेको भ्रम चिर्न एमालेले अभियान गर्न लागेको बताए ।