![अपडेट : पाल्पा जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/accident_DTdJRdCNdl.jpg)
पाल्पा – पाल्पामा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ठिमुरेबाट तानसेनतर्फ आउँदै गरेको लु१ज १४९६ नम्बरको जिप रिब्दीकोट गाउँपालिका– ७ पालुङमैनादीमा दुर्घटना भएको हो ।
दुर्घटनामा पालुङमैनादीका ५२ वर्षीय मीनबहादुर गाहाको उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा पालुङमैनादीकी १८ वर्षीय बिमला कुवँर, १४ वर्षीय निरुताकुमारी गाहा, ४७ वर्षीय टुकीकुमारी गाहा, २९ वर्षीय सीताकुमारी गाहा, ८२ वर्षीय कुलबहादुर कुवँर र १९ वर्षीय लोकमाया गाहा कुवँर रहेको एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
घाइतेहहरूको युनाइटेल मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।