काठमाडौँ, १८ फागुन – त्रिभुवन विश्वबिद्यालय अन्तरगत काठमाडौँ उपत्यकाका नौ आङ्गिक सहित देशभरका २ सय क्याम्पसमा बुधवार स्ववियु निर्वाचन सम्पन्न भएको छ ।
जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा निर्वाचन सम्पन्न भएको हो ।
त्रिव अन्तरगतका २ सय वटा क्याम्पसमा मात्रै बुधबार स्ववियू निर्वाचन भएको छ । काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि बुधवार निर्वाचन भएको छ । केही बिद्यार्थी सङ्गठनले तालावन्दी गरेका क्याम्पसमा निर्वाचन हुन बाँकी छ ।
बुधवार निर्वाचन भएका क्याम्पसमा प्राय शान्तिपूर्ण मतदान भएको बिद्यार्थी संगठनहरुले जनाएका छन् । निर्वाचन हुन बाँकी क्याम्पसमा छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गर्ने त्रिविले जनाएको छ ।








तस्वीरहरु : लोकान्तर, रासस