०३ असार २०८३, बुधबार

१५ फोटोमा हेर्नुहोस् काठमाडौंमा छठको तयारी

कात्तिक २५, २०७५
१५ फोटोमा हेर्नुहोस् काठमाडौंमा छठको तयारी

काठमाडौं–आस्थाको पर्व छठ अन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरी मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । 

छठको तयारीका लागि काठमाडौंमा कमलपोखरी, गुह्वेश्वरी, वाग्मती लगायतका लगायतका स्थानमा तयारी तीव्र पारिएको छ ।

व्रतालुले माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ ।

यसका लागि कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतीहरूले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् ।

यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङ्गको गर्भमै पाक्ने पवित्र अन्न)को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ ।

गम्हरीलाई साठी पनि भनिन्छ । छठ पर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । 

हेरौं, तस्वीरहरू:

 
 
 

salt training

कमेन्ट गर्नुहोस्