
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ दिङबुचेमा १ जना मलेसियन नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मलेसियन नागरिक ४३ वर्षीया वङ्ग वेन दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आइतवार बिहान भ्रमणको लागि ४ जनाको समूहमा सोलु पुगेका उनीहरू दिङबुचेस्थित गूडलक होटलमा बास बसेकोमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको जानकारी पाउना साथ घटनास्थल पुगेको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि सोमवार बिहान हेलिकप्टरद्वारा शिक्षण अस्पताल काठमाडौं पठाइएको छ ।