०३ असार २०८३, बुधबार

स्ववियु निर्वाचनमा राप्रपाका दुई सभापति

कात्तिक २०, २०७४
स्ववियु निर्वाचनमा राप्रपाका दुई सभापति
काठमाडौं १८ फागुन - स्वतन्त्र विद्यार्थी युनियनकालागि बुधवार भएको निर्वाचनमा दुईवटा क्याम्पसमा राप्रपा निकट बिद्यार्थी संगठनका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।

राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार मकवानपुरको बंशगोपाल बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा राप्रविसंका उम्मेदवार लक्ष्मण पौडेल बिजयी भएका छन् ।

यसैगरी समयथान बहुमुखी क्याम्पस कपिलवस्तुको स्ववियु सभापति पदमा राप्रविसंका नेता बाशुदेव केसी विजयी भएका छन् । यस्तै सिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटार सिन्धुलीमा राप्रविसकी सम्झना भोलन कोषाध्यक्षमा बिजयी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्