१७ असार २०८३, बुधबार

‘निर्मला पन्त प्रकरणमा सरकारले ठूलो भूल गर्यो’

कात्तिक २६, २०७५
‘निर्मला पन्त प्रकरणमा सरकारले ठूलो भूल गर्यो’

रामेछाप–नेपाली काङ्ग्रेसका युवा नेता उदयशम्शेर राणाले निर्मला पन्तको घटनाको छानबिन समितिले दिएको प्रतिवेदन तत्काल सार्वजनिक नगर्नु सरकारको भुल भएको बताएका छन् । 

सदरमुकाम मन्थलीमा काङ्गे्रसका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पीडित पक्षका गुनासो नसुन्नु लगायत विषयमा पनि सरकार दोषी रहेको बताउँदै साढे तेत्तीस किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई समात्दा समेत सरकारले छानबिनलाई ओझेलमा पारेको आरोप लगाए ।  

पूर्वअर्थराज्यमन्त्री राणाले सङ्घीय सरकारले प्रदेशमा रहेका आफ्नै पार्टीका मुख्यमन्त्रीलाई समेत एउटा कार्यकर्ता र जनप्रतिनिधिका रुपमा मात्रै लिएको आरोप लगाए । 
 उनले  फरक प्रसङ्गमा काङ्ग्रेसले गत निर्वाचनमा भोग्नुपरेको पराजयलाई केन्द्रीय नेतृत्वलाई मात्रै दोष दिन नमिल्ने बताउँदै जिल्लास्तरका नेता तथा कार्यकर्ताले पनि जिम्मेवारी लिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्