काठमाडौं, १९ फागुन — मोदी हाइड्रो पावरले साधरण शेयरको निस्कासन गरेको छ । आजदेखि छिटोमा फागुन २३ गते र ढिलोमा चैत तीन गते सम्म शेयरका लागि आवेदन दिन सकिने मोदी हाइड्रो पावरले जनाएको छ ।
१६ लाख ४ हजार दुई सय ५० कित्ता शेयर निस्कासन गरिएको हो । प्रति शेयर मुल्य एक सय पर्ने गरि सर्वसाधारणको लागि शेयर निस्कासन गरिएको हो ।
बिक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरिएको छ । कर्मचारीको लागि ३४ हजार ५ सय कित्ता र म्युचुअल फण्डको लागिको लागि ८६ हजार दुई सय ५० कित्ता शेयर पनि आजै निस्कासन गरिएको छ ।
माघ एक गतेदेखि धितोपत्र बोर्डले आश्वा प्रणाली अनिवार्य लागू गरिसकेकोले आश्वा प्रणाली मार्फत पनि शेयरमा आवेदन दिन सकिने छ ।