२० असार २०८३, शनिबार

दाङमा बस र ट्रक ठोक्किए, २३ घाइते

कात्तिक २०, २०७४
दाङमा बस र ट्रक ठोक्किए, २३ घाइते

 

दाङ, १९ फागुन । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् ।

सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।

घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।

तुलसीपुरबाट यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको रा१ख ९४१ नंको बस र नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नंको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

रा१ख ९४१ नंको बसका सहचालक तुलसीपुर–१९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर–२ निवासी ७७ वर्षीय केशरबहादुर खड्का, पञ्चकुले–४ निवासी ७४ वर्षीय भीमबहादुर बुढाथोकी र पञ्चुकले–४ कै ६५ वर्षीया कलावती बुढाथोकी, किरण चौधरीको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल प्रशासनले जनाएको छ रासस

salt training

कमेन्ट गर्नुहोस्