२२ जेठ २०८३, शुक्रबार

विवादका बीच नेविसंघको कार्यकाल २ महिना थप गर्ने निर्णय

विवादका बीच नेविसंघको कार्यकाल २ महिना थप गर्ने निर्णय

काठमाडौं –विवादका बीच नेपाली कांग्रेसकोले  नेपाल विद्यार्थी संघ (नेवि संघ)को कार्यकाल थप गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय समितिको आइतबार साँझ बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको  म्याद २ महिना थप्ने निर्णय गरेको हो । उक्त निर्णयको संस्थापन इतरको समूहले भने विरोध गरेको छ ।

संस्थापन इतरको समूहले महाधिवेशन आयोजन समिति बनाएर अघि बढिनुपर्ने अडान लिँदै आएको थियो । 

यसविषयमा आइतबार दिनभर  संस्थापन र संस्थापन इतरबीच छलफल भएपनि सहमति जुट्न नसकेपछि बहुमतको आधारमा नेविसंघको कार्यकाल २ महिना थपिएको हो । नेविसंघको दुई वर्षे कार्यकाल आजै सकिँदै थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्