
काठमाडौँ–
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौँ’
लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ ।
यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ ।
परिषद्को कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ लग्ने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने ? सडकमा लगेर फाल्नुभएन’, परिषद् उपध्यक्ष नीलमणि बरालले भने । हजाराैं जनताको चन्दाबाट बनाइएको भवन अर्कै प्रयाेजनका लागि दिन नहुने परिषद्को धारणा छ,
आजको कान्तिपुर दैनिकमा खबर छ ।