२१ जेठ २०८३, बिहीबार

बिहेपछि दीपिकाले खिचाइन् रणवीरको परिवारसँग तस्वीर

बिहेपछि दीपिकाले खिचाइन् रणवीरको परिवारसँग तस्वीर

काठमाडौं — इटलीमा बिहे गरेपछि बलिउड अभिनेताहरू दीपिका पादुकोण र रणवीर सिंह आइतवार मुम्बई फर्केका छन् । उनीहरूले बिहेपछि परिवारसँग तस्वीर खिचाएका छन् । 

दुवैजना रणवीरको परिवारसँग फोटो खिचाएको देखिन्छ । 

दीपिका र रणवीरले बिहेमा मोबाइल फोन प्रतिबन्धित गरिदिएका थिए । आफ्नो तस्वीर लीक नहोस् भनेर उनीहरूले त्यसो गरेका थिए । बिहेमा आएका पाहुनालाई पनि उनीहरूले तस्वीर सामाजिक सञ्जालमा शेयर नगर्न भनेका थिए । 

त्यसैले प्रशंसकहरूले दुई दिनसम्म बिहेको तस्वीरको प्रतीक्षा गर्नुपरेको थियो । कात्तिक २९ गते बल्ल उनीहरूले तस्वीर शेयर गरे अनि त्यो हेर्दाहेर्दै भाइरल भयो । 

दुवैको फ्यानपेजमा तस्वीर भाइरल भएको हो ।

अहिले आएर चाहिँ उनीहरूले पोजै दिएर परिवारका सदस्यसँग तस्वीर खिचाएका छन् । 

दीपिका र रणवीरको बिहे निजी कार्यक्रममा केही निकटका साथी र नातेदारमाझ भएको छ । अब उनीहरूले दुईवटा प्रीतिभोज दिनेछन् ः एउटा मुम्बईमा, एउटा बेंगलुरुमा ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्