२९ जेठ २०८३, शुक्रबार

उर्जामन्त्रीले मागे माथिल्लो तामाकोशीबारे जवाफ, ठेक्का सम्झौता तोड्ने चेतावनी

उर्जामन्त्रीले मागे माथिल्लो तामाकोशीबारे जवाफ, ठेक्का सम्झौता तोड्ने चेतावनी

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइबारे उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित निकायसँग जवाफ माग गरेका छन् ।

आइतवार मन्त्रालयमा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्माण कार्यमा ढिलाइ हुनुको कारण सोधेका छन् । मन्त्री पुनले निर्माण कार्य छिटो सक्न निर्देशन दिए ।

आयोजना सञ्चालनमा ल्याउन मन्त्रालय स्तरबाट जस्तोसुकै सहयोग गर्ने बताउँदै मन्त्री पुनले निर्माण कार्यमा बहानाबाजी नगर्न निर्देशन दिए । मन्त्री पुनले आयोजनाको लागत बढ्नुको कारण र निर्माण कम्पनीले काम नगर्नुको कारणसहित प्रगति विवरण मागेका थिए । 

आयोजनालाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री पुनले आवश्यक परे ठेक्का तोड्न निर्देशन दिए । ४ सय ५६ मेगावाटको आयोजनाको म्याद पटक–पटक सर्दै आएको छ । १८ किलोमिटर सुरुङ रहेको तामाकोशीभित्रै विद्युत्गृह निर्माण कार्य चलिरहेको छ ।

आर्थिक वर्ष २०६५/६६ मा शुरू भएको आयोजना सम्पन्न गर्नुपर्ने मितिभन्दा अढाई वर्ष ढिलो भइसकेको छ । अझै पनि आयोजना सम्पन्न हुने मिति अनिश्चित छ । आयोजनाको शुरूको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेपनि अहिले आधा खर्ब नाघेको छ ।

salt training

कमेन्ट गर्नुहोस्