
काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जीवित कछुवा बिक्री गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ललितपुरको ग्वार्कोमा १२ वटा जीवित कछुवा बिक्री गर्न हिँडेका एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमाा दोलखाको भीमेश्वर नगरपालिका–२ का १८ वर्षीय रशिक श्रेष्ठ छन् ।
संरक्षित वन्यजन्तुको रुपमा सूचिकृत कछुवाको बिक्री गैरकानूनी मानिन्छ । पछिल्लो समय कछुवाको तस्करी बढेको सूचनाका आधारमा प्रहरीले रशिकमाथि निगरानी बढाएको थियो ।
पक्राउ परेका रशिकविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धी, १९७५ विरुद्धको अपराधअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआईबीले जनाएको छ ।