२२ जेठ २०८३, शुक्रबार

छपाइ बिग्रेका नोट बजारमा, कांग्रेस राजनीतिक प्रस्तावको तयारीमा

छपाइ बिग्रेका नोट बजारमा, कांग्रेस राजनीतिक प्रस्तावको तयारीमा

काठमाडौं– छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् ।

नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन नसक्दा त्यस्ता नोट बजारमा पुगेका छन् । त्यस्ता सबै नोटको उजुरी बैंकरराष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन । दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ ।

यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ ।

नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ ।, कान्तिपुरमा खबर छ ।

कांग्रेस राजनीतिक प्रस्तावको तयारीमा 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ । सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले सोमबार प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजीत कार्यक्रमको उद्घाट्न सत्रमा सभापति देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी क्रियाकलाप र लोकतन्त्रको रक्षाका लागि सबै एक ढिक्का हुनुपर्ने बताए । पार्टीको राजनीतिक प्रस्ताव भएकाले यसमा महत्वपूर्ण सुझावका आग्रह गर्दै सभापति देउवाले गम्भीरतापूर्वक छलफलमा भाग आग्रह गरे ।

यही मङ्सिर ४ गते प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मङ्सिर ६ गते प्रदेश नं ५ मा सुझाव सङ्कलन कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ । प्राप्त सुझावलाई एकीकृत गरी पार्टीको केन्द्रीय समितिमा पेश गर्ने र केन्द्रीय समितिबाट पारित प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ । कांग्रेसको महासमितिको बैठक यही मङ्सिर २८ देखि आगामी पुस ३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

गैरबजेटरी शीर्षकमा रकम नमागः अर्थ समिति
प्रतिनिधिसभा, अर्थ समितिले पूँजीगत खर्च बढाउन तथा गैरबजेटरी शीर्षकमा बजेट माग गर्ने प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ । समितिको सोमबारको बैठकमा अर्थ,  भौतिकपूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपछी विकास मन्त्रालयको चार महीनाको पूँजीगत खर्चको अवस्था र गैरबजेटरी शीर्षकमा माग गरिएको बजेटको आँकडा सुनेपछि समितिले उक्त सुझाव प्रस्तुत गरेको हो ।

आयोजना कार्यान्वयन अघि बढाउने सन्दर्भमा देखिएका चुनौतीलाई सम्बोधन गर्न कानून, संरचना, ढाँचा, समन्वय, विधि, प्रक्रियामा सुधार गरेर लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक भएको समितिले जोड दिएको छ । यसअघि बैठकमा भएको छलफलमा भाग लिँदै सदस्यले आवश्यक बजेटको व्यवस्था गरी बहुवर्षीय आयोजनालाई अघि बढाउन तथा विकासका आयोजना कार्यान्वयनका लागि अन्तर मन्त्रालयबीच समन्वय र सहमति कायम गरेर अघि बढ्न मन्त्रालयका पदाधिकारीलाई सुझाव दिए ।

राष्ट्रिय परिचयपत्र वितरण शुरु
सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोमबारबाट शुरू गरेको छ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरूआत गरिएको हो । फिदिममा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले १ सय १ वर्षीया भण्डारीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरे ।

गृहमन्त्री थापाले पनि भण्डारीकै हातबाट आफ्नो परिचय पत्र लिए । पाचँथर जिल्लामा हाल सम्म ५२ हजार नागरिकको तथ्याङ्क संकलन भैसकेको छ । पहिलो चरणमा पाँचथरका १ लाख १० हजार र सिहंदरबारका १० हजार गरेर १ लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरणको तयारी भएको छ । आगामी ३ बर्ष भित्रमा मुलुकका सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र प्रदान गरिसकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए ।

भूकम्पपीडित अनुदानको समयसीमा 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित निजी आवास अनुदान रकम बुभ्mने समयसीमा निर्धारण गरेको छ । विसं २०७५ भदौ २१ गतेको प्राधिकरण निर्देेशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुभ्mने समय निर्धारण गरेको हो । 

पहिलो किस्ता लिने निश्चित  समयावधि सकिए पनि अझै धेरै मानिसले अनुदान लिन बाँकी भएकाले काम नरोकिएको सहप्रवक्ता मनोहर घिमिरेले बताए । विसं २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७५ पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ०७५ पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७६ वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

पहिलो किस्तासमेत प्राप्त नगर्ने लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समयसीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीहरूसँग अनुदान सम्झौता सम्पन्न गरी कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । 

छोरा सम्झिएर भक्कानिए प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको स्मृतिमा सोमबार विभिन्न कार्यक्रम भए । प्रचण्ड निवास खुमलटारमा प्रकाशको पहिलो स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चपदस्त अधिकारी र विभिन्न व्यक्तित्वको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका लागि राम्रो गरे प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने बताए । बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली निको भएपछि सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले सबैको उपस्थितिले आफ्नो परिवार, पार्टी र आफूलाई नयाँ ऊर्जा थपेको बताए । यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो प्रचण्डको भनाइ छ ।

कपडा उद्योगीको आन्दोलन स्थगित
नेपाल कपडा उद्योग संघको आह्वानमा बन्द भएका कपडा उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । बन्द रहेका कपडा उद्योगहरू अर्थमन्त्री युवराज खतिवडाले १० दिनभित्र उद्योगीका माग सम्बोधन गर्ने आश्वासन दिएपछि सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन् । कपडा उद्योग संघ र अर्थमन्त्री डा. युवराज खतिवडाबीच भएको भेटमा मन्त्री खतिवडाले समस्या सामाधान गर्ने बताएकाले आफूहरूले बन्द गरेका कपडा उद्योग पुनः सञ्चलनमा ल्याउने निर्णय गरेको कपडा उद्योग संघले जनाएको छ ।

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

पञ्चासेमा १० अर्बको लागतमा केबुलकार बनाइने 
धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । 

कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ  । यसको लम्बाइ ८.५ किलोमिटर रहनेछ । केबुलकारमा ८० टावर रहनेछन् । एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता केबुलकारको हुने शर्माले बताए ।

जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण 
काठमाडौँ महानगरपालिकाले जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । कामपाले सोमबार टेकु ट्रान्सफर स्टेसनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा र भँैसीको लादीलगायत जैविक फोहरमा माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको हो ।  

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रले फोहर सङ्कलन र ढुवानीमा राम्रै काम गरे पनि सार्वजनिक ठाउँमा छुट््याएर महानगरको छवि बिगारेको बताए । इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । यो विधि जैविक फोहरमा प्रयोग गरिन्छ । यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । 

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड 
चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । 

गत वर्षको सोही अवधिमा बैंकले रु ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ ।
बैंकको चुक्ता पूँजी नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

इपीएल क्रिकेटको पहिलो खेलमा विराटनगर र ललितपुरको प्रतिस्पर्धा
यही मङ्सिर २२ गतेदिख शुरु हुने  एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल विराटनगर वारियस  र ललितपुर प्याट्रिओट्सबीच हुने भएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले सोमबार पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता विराटनगर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

ए डिभिजन लिगः हिमालयन, शशस्त्र प्रहरी र संकटा विजयी
शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको खेलमा हिमालयन शेर्पाले पहिलो जित निकालेको छ । शेर्पाले सरस्वती युथ क्लबलाई एक–शून्यले हराएको हो ।

यस्तै अर्को खेलमा सशस्त्र प्रहरी क्लबले फ्रेण्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ । एपीएफले फ्रेण्ड्सलाई १–० ले हराएको हो । अर्को खेलमा संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ । 

संकटाले जाउलाखेल युथ क्लबलाइ २–० ले पराजित गरेको हो । दुवै गोल सेड्रिक अवालेले गरेका हुन् । जितपछि संकटा लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्