२१ जेठ २०८३, बिहीबार

विरासत फर्काउन एक हुँदै कोइराला परिवार

मंसिर ४, २०७५
विरासत फर्काउन एक हुँदै कोइराला परिवार

काठमाडौं– नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् ।

हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ।

उनीहरू तीनै जना १३औं महाधिवेशनबाट ब्याक भएको आफ्नो परिवारको राजनीतिक यात्रालाई एक भएर थाम्नेगरी अघि बढेका हुन् । यसको संकेत उनीहरूले आइतबार मोरङमा भएको एक कार्यक्रममा एउटै मालामा बाँधिएर गरेका छन् । तीनै नेताले कोइराला परिवारको कर्मथलो कोइराला निवासलाई साक्षी राखेर आइतबार ऐतिहासिक घोषणासमेत गरेका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्