×

NIC ASIA

प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन : सेवा अवधिभर केन्द्रमा सरुवा हुन नपाइने

मंसिर ४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –सरकारले यही पुस मसान्तसम्ममा कर्मचारी समायोजन प्रक्रिया टुंग्याउने भएको छ । 

Muktinath Bank

कर्मचारी समायोजनका लागि अध्यादेशमार्फत् कानून ल्याउन लागिएको छ । प्रस्तावित कर्मचारी समायोजन अध्यादेशको मस्यौदामाथि अहिले लोक सेवा आयोगमा छलफल भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोक सेवा आयोगले मस्यौदामा आफ्नो राय समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने छ । लोक सेवा आयोगको राय समेत समेटिएपछि अध्यादेश पारितका लागि मन्त्रिपरिषद्ले स्वीकृत गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरिने छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेपछि अध्यादेश जारी हुनेछ । अध्यादेश जारी भएको पहिलो सातामै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जान चाहने कर्मचारीका लागि आवेदन आह्वान गर्नेछ । 

Vianet communication

कर्मचारीले आफूले समायोजन हुन चाहेको स्थानीय तहको नाम आवेदनमै उल्लेख गर्नुपर्ने छ । कर्मचारीलाई प्राथमिकताका आधारमा ५ वटा स्थानीय तह र प्रदेश तहलाई रोज्न दिइने छ । 

कार्यरत पदको ज्येष्ठता, हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, दुर्गम तथा विकट भौगोलिक क्षेत्रमा काम गरेर प्राप्त गरेको अङ्क, हालको स्थायी बसोबासको ठेगाना र नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगानाका आधारमा कर्मचारीलाई स्थानीय तह र प्रदेशमा समायोजन गरिने छ । 

यी सबै प्रक्रिया अपनाउँदा पुस मसान्तसम्म कर्मचारी समायोजनको सबै प्रक्रिया सकिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

स्थानीय तहमै जीवनभरी

सरकारले कर्मचारी समायोजनका लागि अध्यादेशबाट कानून ल्याउन लागेको छ । अध्यादेशबाट जारी भएको कानून लागू भएपछि ७८ हजार निजामती कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुनेछन् । जसमध्ये प्रदेशमा २१ हजार र स्थानीय तहमा ५७ हजार कर्मचारी परिचालन हुनेछन् । 

यसरी प्रदेश र स्थानीय तहमा जाने कर्मचारीले आफ्नो सेवाअवधिभर प्रदेश र स्थानीय तहमै काम गर्नुपर्ने छ । प्रदेश र स्थानीय तहमा समायोजन हुने कुनै पनि कर्मचारी संघमा सरुवा हुने छैनन् । यस्तै एउटा प्रदेशका कर्मचारी अर्को प्रदेशमा पनि सरुवा हुन पाउने छैनन् । 

प्रदेश र स्थानीय तहका कर्मचारीको बढुवादेखि सरुवासम्मका सबै जिम्मेवारी प्रदेश सरकार मातहत हुनेछ  । प्रदेश र स्थानीय तहमा कार्यरत ११औं तहभन्दा माथिका कर्मचारीको बढुवा भएमा भने संघमा सरुवा हुनेछ । 

स्थानीय तहमा समायोजन भएका कर्मचारीले कम्तिमा ३ वर्षसम्म सोही स्थानीय तहमा काम गर्नुपर्ने छ । त्यसपछि ‘अन्तर सेवा’ प्रतिस्पर्धाअन्तर्गत स्थानीय र प्रदेश सेवाको माथिल्लो तहका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् । यस्तो प्रतिस्पर्धा आन्तरिक रूपमा हुने बढुवा प्रक्रियाका लागि हुनेछ । 

कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक प्रतियोगितातमक परीक्षाद्वारा हुने बढुवा तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा सहभागी हुन ३ वर्षसम्म समायोजन भएको तीनवर्षसम्म सोही स्थानीय तह र प्रदेशको कार्यालयमा काम गर्नुपर्ने छ । 

संघमा आउन खुला परीक्षा दिनुपर्ने

स्थानीय र प्रदेश तहमा समायोजन हुने कर्मचारीले केन्द्र तह (संघ)मा आउन चाहेमा खुला प्रतिस्पर्धामै सहभागी हुनुपर्ने छ । 

जस्तै कुनै स्थानीय तहको पाँचौं तहको कर्मचारीले संघीय तहमा आउन चाहेमा उसले आन्तरिक बढुवा र सरुवाको आधारमा संघमा आउन पाउने छैन । यसका लागि खुला परीक्षा दिनुपर्ने हुन्छ । पाँचौं तहका कर्मचारीले छैटौं तथा सातौं तहको खुला परीक्षामा सहभागिता जनाउन सक्नेछ । 

स्थानीय तथा प्रदेश तहमा कार्यरत सातौं तहभन्दा माथिका र १०औं तहसम्मका कर्मचारीले पनि खुला परीक्षामै सहभागिता जनाउनुपर्ने हुन्छ ।

यसका लागि भने कोटा निर्धारण गरिएको हुनेछ । जस्तै संघमा ११औं तहका लागि २० जना कर्मचारी आवश्यक छन् भने निश्चित प्रतिशत कर्मचारी प्रदेश र स्थानीय तहका कर्मचारीबीच प्रतिस्पर्धा गराएर नियुक्त गरिने छ । प्रदेश र स्थानीय तहमा कार्यरत १०औं तहका कर्मचारीले संघको ११औं तहका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् । 

संघमा नियुक्त गर्ने यस्तो व्यवस्था आठौंदेखि ११औं तहसम्मका कर्मचारीका लागि लागू हुनेछ । यस्तै छैटौं तहका सहायक अधिकृत र सातौं तहका अधिकृतको खुला प्रतिस्पर्धामा प्रदेश र स्थानीय तहका कर्मचारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने ‘आरक्षण’को कोटा हुनेछ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सहायक अधिकृत (छैटौं तह) र अधिकृत (सातौं तह)का लागि हुने खुला प्रतिस्पर्धामा प्रदेश र स्थानीय तहका कर्मचारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी २० प्रतिशतको कोटा निर्धारण गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x