
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकएस्योरेन्समार्फत् लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोलिसी बिक्री गरिने छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।