०२ असार २०८३, मंगलबार

नक्कली ब्लु प्रिन्ट बनाएर जग्गा नामसारी गर्ने सरोज ३ वर्षपद्धि पक्राउ

नक्कली ब्लु प्रिन्ट बनाएर जग्गा नामसारी गर्ने सरोज ३ वर्षपद्धि पक्राउ

काठमाडौँ– जग्गा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति आज कारागार चलान भएका छन् । 

भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेकामा उनलाई आजै जेल चलान गरिएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए । उनलाई ब्यूरोको टोलीले सोमबार काठमाडौँको सुन्दरीजलबाट पक्राउ गरेको थियो । भक्तपुर जिल्ला अदालतले २०७२ साल वैशाख ६ गते छ महीना कैद तथा रु पाँच लाख २५ हजार जरिवाना हुने ठहर गरे पनि उनी फरार हुँदै आएका थिए । 

विसं २०७० मा उनीसहितका व्यक्तिहरुले सिपाडोलकी सानुमाया तामाङको नाममा रहेको जग्गालाई नक्कली नक्शा ब्लुप्रिन्ट निकालेर मनोरमा लिम्बूको नाममा राजीनामा पास गराई रु २५ लाख ठगी गरेको आरोपमा मुद्दा परेको प्रहरीले जनाएको छ । उक्त मुद्दामा संलग्न सिपाडोलका इन्द्रबहादुर लामा र अङ्गत खत्रीलाई ब्यूरोको टोलीले गत असोज ६ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेकामा अदालतले उनीहरुलाई यसअघि नै जेल चलान गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्