
काठमाडौं–आगामी मङ्सिर ८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा जनसभा आयोजना गरेको छ । यद्यपी सो जनसभामा विप्लवको सहभागिता हुने/नहुनेबारे अझैं टुंगो लागेको छैन ।
नेकपाका एक केन्द्रिय सदस्यका अनुसार विप्लव कार्यक्रममा सहभागि नहुने सम्भवना धेरै छ । उनले भने, “सरकारले वार्ता गर्ने भनेर झुक्याउदै यो जनसभासम्म गर्न दिने र त्यस लगत्तै महासचिव विप्लवलाई गिरफ्तार गर्ने योजना बनाएको सूचना हामीकहाँ आएको छ । त्यसैले महासचिव सार्बजनिक नहुने भन्ने छ ।’
उनका अनुसार विप्लवले कार्यक्रमलाई सम्बोधन गर्ने स्थिति नबनेमा पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बोधन गर्ने भन्ने आन्तरिक निर्णय भएको छ । यद्यपी अहिले कार्यकर्ताले भीड जम्मा गर्दैका लागि विप्लव सार्वजनिक हुने भनि प्रचार गर्दै आएका छन् ।