०३ असार २०८३, बुधबार

स्थानीय तहले कर सङ्कलन गर्न सकेनन्

मंसिर ५, २०७५
स्थानीय तहले कर सङ्कलन गर्न सकेनन्

काठमाडौंँ-संविधान र ऐनको क्षेत्राधिकारभित्रका कर पनि स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन यसअघि केन्द्रीय सरकारले सङ्कलन गर्दै आएका कतिपय करका क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ । 
स्थानीय तहले मनोमानीरूपमा कर सङ्कलन गरेको आरोप लागे पनि व्यवहारमा भने स्थानीय तहले ऐनको क्षेत्राधिकारभित्रको कर समेत सङ्कलन गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले जनाएको छ । 
मन्त्रालयका अनुसार घर निर्माणको नक्सापास र सिफारिस शुल्क बाहेक अन्य कर स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसके पनि कर सङ्कलन पूर्णरूपमा कार्यान्वयन आउन नसक्दा स्थानीय तह आर्थिकरूपमा कमजोर हुँदै जाने बुझाइ सङ्घीय मन्त्रालयको छ ।  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्