२२ जेठ २०८३, शुक्रबार

एक वर्षदेखि महिला आयोग पदाधिकारीविहीन

मंसिर ५, २०७५
एक वर्षदेखि महिला आयोग पदाधिकारीविहीन

काठमाडौँ– राष्ट्रिय महिला आयोग एक वर्षभन्दा बढी समयदेखि पदाधिकारीविहीन हुँदा महिलाका कतिपय मुद्दा ओझेलमा परेको र पीडितलाई उच्चस्तरको न्याय दिन ढिलाइ भएको गुनासो गरिएको छ । 
महिला नेत्रीहरूले देशमा बलात्कार र हिंसाका घटना बढ्दै जाँदा पीडितले न्याय पाउन पनि ढिलाइ भएको र कतिपय मुद्दा उठाउन समस्या भएको बताएका छन् । नेपालको संविधानअनुसार आयोगले संवैधानिक आयोगको मान्यता पाएको छ । 

संविधानअनुसार गत २०७४ असोज २९ गते आयोगसम्बन्धी नयाँ ऐन आएपछि आयोग पदाधिकारीविहीन भएको हो । 

आयोगका पूर्व अध्यक्ष शेख चाँद ताराले पदाधिकारी नहुँदा कैलालीका हिंसा पीडितले न्याय पाउन ढिलाइ भएको र अन्य धेरै विषय उठाउन नपाइएको बताइन् । गाेरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्