काठमाडौं – छातीको अत्यधिक दुखाइका कारण दुई दिनअघि अस्पताल भर्ना भएका त्रिवि शिक्षण अस्पतालका प्राध्यकप डाक्टर गोविन्द केसी बुधवार डिस्चार्ज हुँदै छन् ।
स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि डा. केसी केहीबेरमा डिस्चार्ज हुन लागेका हुन् ।
अत्याधिक छाती दुखाइका कारण गत सोमबार उनलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान सेन्टरको इमर्जेन्सीमा लगिएको छ ।
लामो समय अनशन बसेका कारण ग्यास्ट्राइटिक्सको समस्याका कारण छाती दुखाइ बढेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि डा. केसी बिरामीको उपचारमा फर्किने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।