
काठमाडाैं– काठमाडौस्थित भारतीय दूतावास र भारतीय उद्योग महासंघसँगको सहकार्यमा मंसिर ६ देखि ८ सम्म तीनदिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी (कनम्याक-२०१८) आयोजना हुने भएको छ ।
भक्तपुरको सल्लाघारीको खुल्ला मैदानमा हुने उक्त प्रदर्शनीमा JCB, L&T, Hyundai, Caterpillar, Tata Hitachi जस्ता ठूला कम्पनीसहित भारतका १ सय ५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्नेछन् । प्रदर्शनीमा ४ हजार भन्दा बढी व्यापारीहरुले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा आयोजक्को छ ।
मेलालो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कार्यक्रमको उद्घाटन गर्नेछन् । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसहित भारत तथा नेपालका निर्माण व्यवसायीहरु कार्यक्रममा उपस्थिति रहनेछन् ।