
काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय दलको कार्यालय एउटै बनाउने तयारी थालेको छ ।
तत्कालीन नेकपा एमालेको संसदीय दल रहेकै भवनमा प्रमुख सचेतकको कार्यालय बनाइँदै छ । ‘अब केही दिनमै उहाँ (प्रमुख सचेतक) पनि यही कार्यालयमा आउनुहुन्छ’, नेकपाका सचेतक शान्ता चौधरीले भनिन्– ‘तयारी भइरहेको छ, कोठा व्यवस्थापन गरिरहेका छौं ।’
अहिलेसम्म प्रमुख सचेतक देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र) को संसदीय दल रहेको पुरानै भवनमा बस्दै अाएका छन् । दुई पार्टी मिलेर नेकपा भए पनि प्रमुख सचेतक र सचेतकको कार्यालय अलग–अलग हुँदा नेता, कार्यकर्ता तथा भेट गर्न आउने समेत अलमलमा पर्दै आएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।