२९ असार २०८३, सोमबार

बलिउड कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

बलिउड कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

मुम्बई-भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाउनुभएको समाचारमा जनाइएको छ । 

“मङ्गलबार भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,” एक प्रहरी अधिकारीले भने । उहाँकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्