२१ जेठ २०८३, बिहीबार

प्रायःसबै स्थानीय तहमा आन्तरिक द्वन्द्व

मंसिर ६, २०७५
प्रायःसबै स्थानीय तहमा आन्तरिक द्वन्द्व

काठमाडौंँ– स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको अधिकार क्षेत्र स्पष्टरूपमा तोकिए पनि अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच अधिकारका लागि द्वन्द्व हुने गरेको पाइएको छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितिसक्दासमेत कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुखबीच अधिकारकै विवादले प्रत्यक्षरूपमा बोलचाल समेत हुन सकेको छैन ।

 एउटै राजनीतिक दलबाट निर्वाचित स्थानीय तहमा समेत प्रमुख र उपप्रमुखबीच आन्तरिक द्वन्द्व हुने गरेको छ भने फरक राजनीतिक दलबाट निर्वाचित प्रमुख र उपप्रमुखबीच झनै द्वन्द्व हुने गरेको छ ।

प्रमुखले गर्ने काममा आवश्यक सहजीकरण गर्नका लागि संविधानले नगरपालिकामा प्रमुख र उपप्रमुखको र गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको व्यवस्था गरे पनि व्यवहारमा त्यसअनुसार काम भएको छैन । 

प्रमुख र उपप्रमुखबीच आवश्यक समन्वय हुँदा स्थानीय तहको काम र नीति निर्माणमा समेत सहजीकरण हुने भए पनि अनावश्यक रुपमा एक अर्काको कामप्रति शङ्का गर्दा स्थानीय तहको सेवा प्रवाहमा समेत समस्या आएको सरोकारवालाहरूको अनुभव छ । 

salt training

कमेन्ट गर्नुहोस्