
काठमाडौं — बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् ।
उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् ।
यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् ।
मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् ।
यसबाट आफूलाइ एउटा काम पूरा गरेको महसुश भइरहेको पनि उनले बताए । आजको अन्नपूर्ण पोष्टमा खबर छापिएकाे छ ।