०३ असार २०८३, बुधबार

तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि  कोरियामा कार्यक्रम

तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि  कोरियामा कार्यक्रम

    काठमाडौँ–दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । 

    मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । 

कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नेछन् । 

    यही मङ्सिर १५ र १६ गते नेपाली कामदारको बाहुल्य रहेको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ । मङ्सिर १५ गते छनान र १६ गते मक्को हुन्डाई औद्योगिक क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

    छनान राजधानी सियोलबाट दुई घन्टाको दूरीमा छ । मक्को हुण्डाई कम्पनीमा करीब २०० नेपाली कार्यरत रहेको श्रम काउन्सिलर बास्तोलाले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्