
काठमाडौं — भारतीय हास्यकलाकार कपिल शर्मा टीभीमा फर्किने भएपछि उनका पुराना साथी सुनिल ग्रोभरले पनि नयाँ शो ल्याउने भएका छन् ।
सुनिलले हालै आफ्नो नयाँ शोको तस्वीर पनि जारी गरेका छन् ।
सुनिल 'कानपुर वाले खुरानाज' नामक शोका साथ टीभीमा फर्किन लागेका हुन् । इन्स्टाग्राममा यसको पहिलो तस्वीर शेयर गरेका छन् । तस्वीरमा कपिल शर्माका दुई पुराना साथी अली असगर र उपासना सिंह पनि देखिएका छन् ।
यस शोमा अभिनेता कुणाल खेमू पनि देखिनेछन् । यसैसँग कुणाल सानो पर्दामा डेब्यु गर्न लाग्दैछन् । गोलमाल ३, गोलमाल अगेन र गो गोआ गन जस्ता फिल्ममा कुणालले कमिक टाइमिङ देखाइसकेका छन् ।
एजेन्सी