२१ जेठ २०८३, बिहीबार

९ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसको प्रश्न- सरकार कहाँ छ ?

९ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसको प्रश्न- सरकार कहाँ छ ?
फाइल तस्वीर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका नौ महिने कार्यकाल असफल भएको आरोप लगाएको छ । मुलुकमा सरकारको उपस्थिती भएको अनुभव नभएको कांग्रेसले टिप्पणी गरेको छ । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नौ महिनामा देशलाई गति दिन नसकेको आरोप लगाएका हुन् । 

कांग्रेसले मन्त्रिपरिषद्का निर्णय २४ घण्टाभित्र सार्वजनिक नगर्ने निर्णयमा आपत्ति जनाएको छ । ‘यो सूचनाको हक र पारदर्शिताको प्रतिबद्धता विपरित कदम हो’ प्रवक्ता शर्माले भने । 

कांग्रेसले नेपाल वायु सेवा निगमको वाइड वडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको छ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ । ʻप्रधानमन्त्रीज्यू तपाइको रामराज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?ʼ प्रवक्ता शर्माले प्रश्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्