०४ साउन २०८३, सोमबार

स्ववियु चुनावः कैलाली क्याम्पसमा झडप, २६ घाइते

कात्तिक २०, २०७४
स्ववियु चुनावः कैलाली क्याम्पसमा झडप, २६ घाइते
कैलाली, २० फागुन-कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन र प्रहरीबीच झडप भएको छ ।

माओवादी केन्द्र निकटका विद्यार्थी संगठनले कैलाली बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा बिहीबार तालाबन्दी गर्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त भएको थियो ।

प्रहरीसँगको झडपकका क्रममा २४ विद्यार्थी घाइते भएका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष डम्बर भट्टराईले जनाएका छन् । घाइतेमध्ये एक दर्जनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अखिल क्रान्तिकारीले निर्धारित मितिमा स्ववियु चुनाव नभएपछि अब क्याम्पसहरुमा नियमित पढाइ हुनुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोजेको थियो ।

क्याम्पसको पर्खाल नाघेर तालाबन्दी गर्न जान खोजेका विद्यार्थीलाई प्रहरीले रोक्ने प्रयास गरेको कैलाली प्रहरीले जनाएको छ । झडपकका क्रममा दुई प्रहरीसमेत विद्यार्थीले हानेको इट्टा लागेर घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्