२८ जेठ २०८३, बिहीबार

सकियो प्रदीप र जसिता अभिनित ‘लभ स्टेशन’को छायाँकन, प्रदर्शन कहिले ?

सकियो प्रदीप र जसिता अभिनित ‘लभ स्टेशन’को छायाँकन, प्रदर्शन कहिले ?

काठमाडौं- प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को छायाँकन सकिएको छ । छायाँकन सकिएसंगै चलचित्रको ‘इन्ड क्लाप’ गरिएको छ । चलचित्रको सबै दृश्यको छायाँकन सकेर ‘इन्ड क्लाप’ गरिएको चलचित्रका निर्देशक उज्ज्वल घिमिरेले बताए । 

चलचित्रको फस्ट लुकसँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए ।

प्रेमकथामा आधारित यो चलचित्रको दार्जिलिङ, इलाम, काठमाडौं लगायतका स्थानमा छायाँकन गरिएको छ ।

चलचित्रमा प्रदीप र जसिताका साथमा, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको मुख्य भूमिका छ ।  

‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

salt training

कमेन्ट गर्नुहोस्