२८ असार २०८३, आइतबार

‘गरुड पुराण’मा निश्चल र कर्माको आइटम नृत्य [भिडियोसहित]

‘गरुड पुराण’मा निश्चल र कर्माको आइटम नृत्य [भिडियोसहित]

काठमाडौं– केही दिनअघि मात्रै पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेको चलचित्र ‘गरुड पुराण’ले शुक्रबार गीत सार्वजनिक गरेको छ ।

निर्माण टिमले चलचित्रको ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । दिनेश राउतको शब्द तथा कोशिस क्षेत्रीको संगीत रहेको गीतमा कोशिस र मनिषा पोखरेलको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा निश्चल बस्नेत, कर्मा शाक्य र प्रियंका सिंह ठकुरी र अञ्जली योञ्जनलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा रेनाशा वान्तवा राईको कोरियोग्राफी छ ।

कमेडी जनरामा निर्माण गरिएको चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन छ । माघ ४ गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्