०७ साउन २०८३, बिहीबार

किन आत्महत्या गरिन् रिमा क्षेत्रीले ?, सुसाइड नोटमा यस्तो छ

कात्तिक २०, २०७४
किन आत्महत्या गरिन् रिमा क्षेत्रीले ?, सुसाइड नोटमा यस्तो छ
स्याङ्जा, २० फागुन- 'चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू। तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन्।Reema
अन्नपूर्ण पोस्ट लेख्छ- टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी। अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन्।
आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन्। सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्‍यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्