२५ जेठ २०८३, सोमबार

प्रहरीबाट महिलामाथि दुर्व्यवहार

प्रहरीबाट महिलामाथि दुर्व्यवहार

वीरगन्ज — सशस्त्रका पुरुष प्रहरीले चार महिलालाई लछारपछार गरी नियन्त्रणमा लिएको तस्बिर र भिडियो बिहीबार दिउँसोदेखि सामाजिक सञ्जालमा भाइरल छ । यस्तो दुर्व्यवहारको चौतर्फी विरोध भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार करिब ३ बजे वीरगन्ज भन्सारमा तैनाथ सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मको टोलीले राजस्व छली कपडा भित्र्याएको भन्दै महिलालाई नियन्त्रणमा लिन प्रयास गरेको थियो । ‘महिलाहरू उम्किन खोज्दा प्रहरीले उनीहरूको कपाल समाएर तानेको थियो,’ एक स्थानीयले भने, ‘प्रहरीले महिलाहरूको कपाल तान्दै बीच सडकमै घिसारेका थिए ।’

भिडियोमा सडकमा पछारिएका महिलामाथि प्रहरीले लठ्ठी प्रहार गरिरहेको छ । भन्सारमा महिला प्रहरी नभएका होइनन् । महिलामाथि दुव्र्यवहार गर्ने सशस्त्र प्रहरी हवल्दार महादेव पन्त र सहायक हवल्दार केशव पन्तलाई कारबाहीका लागि सीमा सुरक्षा बल पर्साले झिकाएको छ ।, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्