
काठमाडौं – एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय बुटवल उपमहानगरपालिका–११ रुपन्देहीस्थित देवीनगर शाखाको उद्घाटन गरिएको छ ।
एनआईसी एसिया बैंक ५ नम्बर प्रदेश प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले मंसिर ६ गते भव्य समारोहबीच उद्घाटन गरेका छन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६६ शाखा कार्यालय, २ सय ७४ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २ सय १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६८ अर्ब रुपैयाँ तथा कर्जा १ सय ४३ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।